प्रहरी अधिकृतको सरुवाविरुद्ध रिट

काठमाडौं : निर्वाचन आचार–संहिताविपरीत प्रहरीका उच्च अधिकृतको सरुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता कमल इटनीले निर्वाचन आचारसंहिता जारी गरिसकेका बेला सरकारले चुनावलाई नै प्रभाव पार्ने गरी प्रहरी अधिकृतको सरुवा गरेको भन्दै बुधबार रिट दायर गरेका हुन् ।
‘आचारसंहिता जारी भएपछि चुनाव सम्पन्न नभएसम्म कुनै पनि कर्मचारीको सरुवा, बढुवा तथा पदपूर्ति गर्न नमिल्ने प्रावधानलाई सरकारले उल्लंघन गरेको छ,’ रिटमा भनिएको छ, ‘यसलाई बदर गरिपाऊँ ।’ सरकारले ७ मंसिरका लागि संविधानसभाको चुनाव गर्ने घोषणा गरेपछि २४ जेठमा आयोगले आचारसंहिता जारी गरेको थियो । (सौस)

प्रतिक्रिया