‘फुटपछि पनि गुट–उपगुट’

बाग्लुङ : एकीकृत नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले उपाध्यक्ष मोहन वैद्य समूह पार्टी छाडेर गए पनि पार्टीभित्रको गुट उपगुट अन्त्य नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघले बाग्लुङमा गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले पार्टीभित्रको मतभेद र बहसले पार्टीलाई अझै सशक्त र मजबुत बनाउने दाबी पनि गरे । वैद्य पक्षले नयाँ पार्टी गठनको घोषणा गरेलगत्तै माओवादी वृत्तमा सम्पूर्ण गुट तथा उपगुटको अन्त्य भएको चर्चा चलिरहेकै बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका पौडेलले पार्टीभित्रको फरक मत र विभिन्न विचार समूह आगामी दिनमा पनि रहने बताए । तर, त्यो गुट उपगुटको बहस र मतभेद पार्टी फुटाउने मनसायले केन्द्रित नभई पार्टी एकताका लागि हुने उनको तर्क थियो । (सौस)

प्रतिक्रिया