प्रहरीका उच्च अधिकारीको जिम्मेवारी हेरफेर


काठमाडौं, ४ असार । कामचलाउ सरकारले नेपाल प्रहरीका पाँच एआईजी सहित १९ डिआईजीको सरुवा गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले एआईजी किरण गौतमलाई मानव स्रोत विभाग, प्रकास कुवँरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, कुवेरसिह राणालाई कार्य विभाग, नवराज ढकाललाई महानगरीय प्रहरी आयूक्तको कार्यालय रानीपोखरी र भिष्म प्रसाईलाई प्रशासनमा सरुवा गरेको महिला बालवालिका तथा समाजकल्याण मन्त्री बद्री न्यौपानेले जानकारी दिए ।
डिआईजी सुरेन्द्र शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो, उपेन्द्रकान्त अर्याल ट्राफिक महाशाखा, राजेन्द्रसिंह भण्डारी तालिम निर्देशनालय, यादव अधिकारी मध्यमाञ्चल, रमेशशेखर बज्राचार्य पश्चिमाञ्चल, सुशीलबरसिंह थापा सुदूरपश्चिम, वीरेन्द्रबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल, नारायण वास्ताकोटी प्रति आतंकवाद सेल, केशव अधिकारी मेट्रो २, गोपाल भण्डारी अख्तियार तथा केशबहादुर शाही मध्यपश्चिममा सरुवा भएका छन् ।
प्रबन्धमा विज्ञानराज शर्मा र टपेन्द्र हमाललाई लागु औषध कानून कार्यान्वयन ईकाईमा सरुवा गरिएको छ । निर्वाचन आचार संहिता विपरित सरकारले प्रहरीका उच्च अधिकारीको सरुवा गरेको हो ।

प्रतिक्रिया