राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेट

काठमाडौं, ४ असार । राष्ट्रपति डा.रामवरण यादवसँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच.डेलिसीले आज विदाई भेट गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटमा राष्ट्रपति डा.यादवले राजदूत डेलिसीले दुई मुलुक वीचको सम्बन्ध विस्तार र आपसिहितमा पुराएको सहयोगका लागि धन्यावाद समेत दिएका थिए ।
राजदूत डेलिसीले आफ्नो विदाई भेटका क्रममा यस अघि प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुसँग भेटगरिसकेका छन् ।

प्रतिक्रिया