घरेलुका निर्देशक हटाउन माग

काठमाडौं, ३ साउन । घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारीले कार्यकारी निर्देशक जयनारायण महतोलाई बर्खास्त गर्न माग गरेका छन् ।
एकीकृत कर्मचारी संघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्देशक महतोलाई निलम्बन गरी बर्खास्त नगरे देशभरीका कार्यालयहरु ठप्प पार्ने चेतावनी दिएका हुन् ।
संघले निर्देशक महतोको खराब आचरण, गैरकानूनी क्रियाकलाप र घुसखोरी प्रवृत्तिका कारण समिति धरासायी बन्दै गएको आरोप लगाएको छ ।
२०६८ भादौं ७ गतेबाट राजनीतिक नियुक्ति पाएका महतोले कार्यक्रम कार्यान्वयन, संस्था र कर्मचारीहरुको हितमा कुनैपनि काम नगरेको कर्मचारीहरुको आरोप छ ।
संघका अध्यक्ष शोभाकर गौतमले कार्यकारी निर्देशक महतोले घुस मागेको स–प्रमाण फेलापारी उनकै कार्याकक्षमा संघले लगाएको ताला गुण्डा लगाएर फोडेको दाबी गरे ।

प्रतिक्रिया