भूमिगत समूहका दुई नेताको भारतमा हत्या

वीरगन्ज, ३ असार । वीरगन्जको सीमावर्ती भारतीय शहर रक्सौलमा शनिबार राति सशस्त्र भूमिगत समूहका दुई नेताको गोली हानी हत्या भएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा भगत सिंह समूहका केन्द्रीय सदस्य वीरेन्द्र यादव र बारा इन्चार्ज मोहीत यादवको हत्या भएको हो ।
वीरेन्द्र बारा करैया गाविसको गालोपट्टी र मोहीत यादव खोपवा गाविसको मूर्तिपलियका स्थायी वासिन्दा हुन् ।
रक्सौलको मनसामाई मन्दिर नजिकै राति ९ बजे मोटरसाइकलमा सवार रहेका बेला लुकेर बसेका दुई जनाको समूहले उनीहरु माथि गोली प्रहार गरेको थियो ।
पिठयुमा तीन राउण्ड गोली लागेर गम्भीर घाइते भएका मोर्चाका केन्द्रीय सदस्य वीरेन्द्र यादवको रक्सौलको डक्न अस्पतालमा उपचारका क्रममा शनिबार नै मृत्यु भएको हो ।
टाउकोमा एक राउण्ड र पिठ्युमा दुई राउण्ड गोली लागेका मोहीतको घटनास्थलमै मृत्यु भएको रक्सौल प्रहरीले जनाएको छ ।
श्रोतका अनुसार , भूमिगत समूहकै कायकर्ताले ती दुवै माथि गोली प्रहार गरी हत्या गरेका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको रक्सौल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया