आङकाजी एमालेबाट निष्कासित


काठमाडौं : जनजाति महासंघका महासचिवसमेत रहेका नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई एमालेले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको छ । पार्टी विधान र अनुशासनको सीमा नाघेर माओवादीको सभामा वक्ता बनेको र सर्वसत्तावादको पक्षपोषण गरेको भन्दै उनलाई साधारण सदस्यबाट समेत निष्कासन गरिएको हो ।
शुक्रबार बसेको स्थायी समिति बैठकले ‘पार्टीको नीति–सिद्धान्त, मूल्य–मान्यता तथा सामाजिक सद्भावका विरुद्ध सार्वजनिक गतिविधि गर्दै पार्टीको विधान एवं अनुशासनको सीमा नाघेर माओवादीद्वारा आयोजित सभामा वक्ता बनेर माओवादी सर्वसत्तावादको पक्षपोषणमा उभिएका नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीका उपसचिव आङकाजी शेर्पालाई पार्टीको साधारण सदस्यताबाट समेत निष्कासन गर्ने निर्णय गरेको’ सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । (सौस)

प्रतिक्रिया