चुनाव मंसिरमै गराउँछुः भट्टराई

सुर्खेत, २ असार । प्रधानमन्त्री बाबुराम भट्टराईले आगमी मंसिर ७ गते नै जसरी पनि संविधानसभाको चुनाव गरेरै छोड्ने दावी गरेका छन् ।
बाजुरा जाने क्रममा आज शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहसँग उनले यस्तो बताएका हुन्् । मुलुकलाई राजनीति र संवैधानिक संकटबाट पार लगाउन पुनःसंविधानसभाको निर्वाचन गर्न आवश्यक रहेको भट्टराईले बताए ।
‘आगामी मंसिरमा नै चुनाव हुन्छ,’ उनले, भने, ‘केही दलहरुले विरोध जनाएपनि सबै दलहरुको सहमतिमा नै चुनाव गराउँछु ।’
‘सर्वोच्च अदालतको संविधानसभाको म्याद थप्न नपाईने निर्णयसँग मुलुकमा संवैधानिक संकट उत्पन्न भयो,’ उनले भने, ‘अब पुनःसंविधानसभाको निर्वाचन गरी नयाँ संविधान निर्माण गर्नुको विकल्प छैन ।’
सहमतिका लागि आफूले सबै दलहरुसँग वार्ता र संवाद गरिरहेको भन्दै भट्टराईले चाडै नै सहमतिमा पुग्ने समेत बताए ।
एमाओवादीभत्रको विवाद व्यक्तिगत टकराव र पदको लोलुपता नभई बैचारिक बहश भएको उनको भनाई छ । ‘यो बैचारिक बहस हो, हामीले त्यसरी बुझेका छौ तर वैद्यजीहरुले छुट्टै भेला गर्नु गलत हो’ उनले भने ।

प्रतिक्रिया