रातारात भागे बम्जन

वीरगन्ज, १ असार । स्थानीय प्रशासनले कडाईका साथ निगरानी बढाएपछि बाराको हलखोरीया जंगलमा तपस्यारत भनिएका रामबहादुर बम्जन तपस्या स्थलबाट भागेका छन ।
बिहिबार राति साँढे १० बजे बम्जन आफ्ना दस जना सहयोगीका साथ गाडीबाट तपस्या स्थल छाडेर हिडेका हुन् । ईलाका प्रहरी कार्यलय निजगढले भने बम्जन आठ÷दस दिनका लागि भ्रमणमा भन्दै सिन्धुली तर्फ गएको जनाएको छ ।
प्रहरीका अनुसार ना २ च १७६० नम्बरको रातो रंगको टाटा सुमोमा बम्जन जंगल छोडेर सिन्धुलीतर्फ गएका हुन् । बम्जन कहाँ जानलागेका हुन भनेर स्थानीय प्रशासनलाई पूर्व जानकारी नगराएको प्रहरी भनाई छ ।
यद्यपी ईलाका प्रहरी कार्यलय निजगढको टोलीले शनिबार राति गाडी रोकेर चेकजाँच गर्ने क्रममा बम्जन सिन्धुलीतर्फ गएको पत्ता लागेको प्रहरी भनाई छ ।
बम्जनलाई धार्मीक नाममा जन्मदर्ताको प्रमाण पत्र उपलब्ध गराउने गाविस सचिव आस महमद अंसारीलाई स्थानीय प्रशासनले कारवाही गरे पछि आफू पनि कार्वाहीमा पर्ने डरले बम्जन तपस्यास्थल छाडेर भागेको स्रोतको भनाई छ ।
उता, जिल्ला वन कार्यलय बाराले बम्जन र उनका अनुयायीहरुले हलखोरीया जंगलस्थित तपस्या स्थलमा जंगल फडानी गरि बनाएका घरटहराहरु भत्काउने तयारी गरेको छ ।
बिभिन्न विवादास्पद क्रियाकलाप गरेर चर्चामा आई रहने बम्जनले नागरिकता र रातो पासपोर्ट माग गरेर सडक अबरोध समेत गराई सकेका छन् । उनका क्रियाकलापबाट आजित भएका बाराका स्थानीयवासीले सडक अबरोध गर्ने क्रममा उनको प्रतिकार समेत गरिसकेका छन् ।

प्रतिक्रिया