मञ्च र डिस मिडियाबीच सम्झौता

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्नेे पल्सर स्पोटर््स अवार्डका लागि डिसमिडिया नेटवर्क प्रालिलाई सहप्रायोजकको रूपमा पाएको छ । बिहीबार मञ्चका अध्यक्ष निरञ्जन राजवंशी र डिसमिडियाका प्रमुख कार्यकारी अधिकृत रविन्द्रमान श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार प्रसारणको क्षेत्रमा क्रियाशील डिसमिडियाले मञ्चलाई दुई लाख रुपियाँ नगद तथा ७८ हजार रुपियाँबराबरको उपकरण उपलब्ध गराउनेछ । मञ्चले डिसमिडियालाई सहप्रायोजकको रूपमा प्रवद्र्धन गर्नेछ ।
डिस मिडियाले नगद दुई लाख रुपियाँबाहेक आठ विधाका विजेता तथा एसएमएस भोट गर्नेमध्ये पाँचजना भाग्यशाली विजेतालाई ६ हजार रुपियाँ पर्ने डिसमिडियाको स्मार्टबक्स प्रदान गर्नेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले डिसमिडियाको प्रसारण क्षेत्रमा वृद्धि भइरहेको र व्यापार विस्तारसँगै आाफूहरू पनि सो कार्यक्रमको सहयोग वृद्धि गर्ने सोचमा रहेको बताए । आठ विधामा प्रदान गरिने अवार्डअन्तर्गत एसएमएस भोटिङका आधारमा विजेताको टुंगो लाग्ने लोकप्रिय विधामा पर्न सफल पाँच खेलाडीको मनोनयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ । बाँकी चार विधा—वर्षखेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक—को मनोनयन छिट्टै सार्वजनिक गर्ने मञ्चले जनाएको छ । (सौस)

प्रतिक्रिया