बज्राचार्यलाई नै विभागीय प्रमुख राख्न आदेश

काठामाडौं : सर्वोच्च अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको अर्थोपेडिक्स विभागमा वरिष्ठ अर्थोपेडिक्स डा. अशोक बज्राचार्यलाई नै प्रमुखका रूपमा राख्न निर्देशक डा. बुलन्द थापाका नाममा अन्तरिम आदेश दिएको छ ।
निर्देशक थापाले १७ जेठमा विभागीय प्रमुखका रूपमा कार्यरत डा. बज्राचार्यलाई हटाएर काजमा कार्यरत १०औँ तहका डा. गणेश गुरुङलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका थिए । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले निर्देशक थापाले नियमविपरीत विभागीय प्रमुख हटाएर नयाँ व्यक्ति राखेकाले डा. बज्राचार्यलाई नै विभागीय प्रमुख कायम गर्न अन्तरिम आदेश दिएको हो ।
डा. बज्राचार्य ०५४ देखि अर्थोपेडिक्स विभागीय प्रमुख थिए । डा. बज्राचार्यलाई तत्कालीन वीर अस्पताल विकास समितिले विभागीय प्रमुखको जिम्मेवारी दिएको थियो । ११औँ तहका डा. बज्राचार्यलाई हटाई १०औँ तहका गुरुङलाई निर्देशक बनाइएकोमा अस्पतालका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत उजुरी दिएका थिए । (सौस)

 

प्रतिक्रिया