कांग्रेसले अन्तरक्रिया गर्ने

काठमाडौं, ३२ जेठ । साना दलहरुसँगको सहकार्यमा कामचलाउ सरकार विरुद्ध सडक संघर्ष गर्दै आएको कांग्रेसले अन्तरक्रिया गर्ने जनाएको छ ।
कांग्रेसले आज विज्ञप्ती जारी गरेर केन्द्रीय नीति तथा कार्यक्रम प्रतिष्ठानको आयोजनामा असार–३ गते काठमाडौंमा अन्तरक्रिया गर्न लागेको जनाएको छ ।
संविधानसभाको विघटन र त्यसपछिको विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा अन्तरक्रिया गरिने कांग्रेसले जनाएको हो ।
कांग्रेसले अन्तरक्रिया कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु, निवर्तमान सभासद् र २ सय ४० निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारहरुलाई उपस्थिति हुन निर्देशन समेत दिएको छ ।
अन्तरक्रियाबाट आउने सुझाव अनुसार संघर्षलाई प्रभावकारी बनाउन सहयोग मिल्ने कांग्रेसले उल्लेख गरेको छ ।

प्रतिक्रिया