कछुवा गतिमा तामाकोशी (फोटो फिचर)

काठमाडौं, ३० जेठ । स्वदेशी लगानीमा निर्माणाधिन नेपालकै पहिलो माथिल्लो जल विद्युत आयोजना तामाकोशीलाई सरकारले गौरवपूर्ण आयोजनाको रुपमा लिएको छ ।

गौरवको आयोजना भएपनि उल्लेख्य प्रगति हुन नसकेको गुनासाहरु पनि बढेका छन् । ४५६ मेघावाटको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य अहिले दोलखा जिल्लाको लामाबगर गाविसमा भईरहेको छ ।

आयोजनाको बाँधस्थल, सुरुङ मार्ग निर्माण भईरहेको छ । तर बेला बेलामा माथिल्लो निकायबाट हुने हस्तक्षेपका कारण आउने विवादले माथिल्लो तामाकोशीलाई सताउने गरेको छ ।

अहिलेसम्म ३३ प्रतिशत काम सकिएको आयोजनाको २०७२ साल चैत्रभित्र सिध्याउने लक्ष्य राखिएको छ ।

डिजेल, विष्फोटक पदार्थ, सुरक्षा लगायतको समस्या भोगिरहेको माथिल्लो तामाकोशीमा हेलिकप्टरबाट प्रधानमन्त्री बाबुराम भट्टराई, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत पुगेर आयोजनामा आउने सबै अवरोध हटाउने आश्वासन दिई फर्केका छन् ।
माथिल्लो स्तरबाट हुने हस्तक्षेप तथा सरकारी निकायको समन्वयको अभावको शिकार बनेको तामाकोशी समयमै बनाउन सके नेपालका लागि जलविद्युत क्षेत्रमा सबैभन्दा नमूना काम हुने निश्चित छ ।
काठमाडौबाट २०६ किलोमिटर टाढा र तिब्बतको फलाक बोर्डर नजिक लामाबगर गाविसमा बन्न लागेको आयोजनास्थल पुगेर आयोजनाबारे सहकर्मी भीम गौतमले लिएका तस्बिरहरु..

प्रतिक्रिया