सरकार स्वयच्छाचारीः एमाले

काठमाडौं, २९ जेठ । एमालेले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको एमाले स्थायी समिति बैठकले सो आरोप लगाएको हो । बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सरकारको स्वयच्छाचारिता विरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘कामचलाउ सरकारलाई अध्यादेशबाट महत्वपूर्ण निर्णय लिने अधिकार छैन ।’ एमालेले सरकार एकलौटी ढङगबाट निर्णय गर्दै हिडे त्यसले मुलुकलाई दुरगामी असर गर्ने निष्कर्ष समेत निकालेको छ ।
एमाओवादी सत्ता कब्जाको योजनामा रहेको भन्दै एमालेले सबैलाई सरकार विरुद्ध लाग्न आह्वान समेत गरेको छ । उनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई सहमतिका साथ अघि बढ्न पनि सझाव दिएको छ ।
बैठकमा असारको पहिलो साता हुने राष्ट्रिय भेलाका बारेमा समेत छलफल भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया