खोजखबर

गच्छेदारलाई भण्डारीको धक्का

सौर्य अनलाइन २०६९ जेठ २९ गते १०:५८ मा प्रकाशित

काठमाडौं, २९ जेठ । कारबाहीमा परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेता शरतसिंह भण्डारीले असार दोस्रो साता नयाँ पार्टी खोल्ने जनाएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले असार–१३ गते नयाँ पार्टी घाषणा गर्ने जनाएका हुन् । त्यसका लागि सम्पूर्ण तयारी भईरहेको भण्डारीले बताए । ‘पार्टीको नाम, झण्डा र विधान बनाउदै छौ,’ उनले भने, ‘असार–१३ गते सार्वजनिक गर्छौ ।’
अध्यक्ष विजय गच्छेदारको निरंकुश कार्यशैलीका कारण पार्टी सांगठनिक रुपमा कमजोर भएको बताएका भण्डारीले पार्टी नीति र विधान विपरित पत्रपत्रिकाबाट स्पष्टिकरण सोध्ने कार्य गैर राजनीतिक रहेको उल्लेख गरे ।
उनले लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर पहिचान सहितको संघीयताका पक्षमा संघर्ष गर्ने बताएका छन् ।
गच्छेदारलाई रामेश्वर साह, डा.गंगाप्रसाद अकेला, जयप्रकाश यादव, मो.युसुफ साफी, शशिकान्त मिश्र, रुपा मल्ल, प्रभा चौधरी र रेखा यादव लगायत थप ११ जना केन्द्रीय सदस्यले परित्याग गरेका छन् ।
यसअघि आइतबार १० केन्द्रीय नेताले फोरम लोकतान्त्रिक छाडेका थिए । ११ जना केन्द्रीय सदस्यले पुनः पार्टी छाडे पछि अध्यक्ष गच्छेदारलाई राजनीतिक धक्का लागेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय