व्यक्तिगत हठले संविधानसभाको अन्त्यः यादव

काठमाडौं, २७ जेठ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ताजा जनादेशका नाममा नयाँ संविधानसभाको निर्वाचन गर्नुको कुनै अर्थ नरहेको बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले निर्वाचनका लागि संवैधानिक र कानूनी जटिलता रहेको बताए । यादवले भने, ‘अब कुन नैतिकताका आधारमा फेरि जनतासामु भोट माग्न जाने ?’
अध्यक्ष यादवले एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको एउटा घटकको मिलोमतोमा संविधानसभा विघटन गरेको आरोप लगाए ।
‘नयाँ निर्वाचनको मिति तोकेर बोलाइएको बैठकको अध्यक्षता, सञ्चालन र सम्बोधन नै नगरी संविधानसभा भङ्ग गरेको विश्वमै पहिलो र लज्जास्पद घटना हो,’ उनले भने, ‘केही नेताहरुको दम्भले गर्दा संविधानसभा उपलब्धिहीन भयो ।’

प्रतिक्रिया