पोलिटब्युरो सदस्य पुन डिस्चार्ज

काठमाडौं, २६ जेठ । एमाओवादीका पोलिटब्युरो सदस्य तथा पूर्व जनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन मृगौलाको उपचार पछि घर फर्किएका छन् ।

दुवै मृगौलामा गम्भीर समस्या आएपछि डेढ सातादेखि अघि पुनलाई अस्पताल भर्ना गरिएको थियो । जेठ १८ गते पुनलाई नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा मृगौलाको उपचारका लागि भर्ना गरिएको थियो । त्याहा पूर्ण रुपमा उपचार हुन नसके पछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरेर उपचार गरिएको हो ।
दुवै मृगौला पूर्ण रुपमा सक्रिय भएपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया