काठमाडौं, २२ जेठ । पल्सर स्पोटर््स अवार्ड यस वर्षका लागि आगामी असार तेस्रो साता वितरण हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसर पारेर २० जेठमा उक्त अवार्डको कार्यक्रम हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गत वर्षभैंm यसपटक पनि विभिन्न आठ विधामा अवार्ड वितरण हुनेछ । त्यसमा वर्षको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक, सर्वोत्कृष्ट युवा खेलाडी, सर्वोत्कृष्ट पारा एथलिट, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र वर्षको लोकप्रिय खेलाडी हुनेछन् ।
लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड र पल्सर वर्षको उत्कृष्ट पारा एथलिटको घोषणा अवार्ड समारोहकै दिन हुनेछ । लोकप्रिय वर्षखेलाडीका लागि यसै साता ५ खेलाडीको मनोनयन घोषणा हुने आयोजकले जनाएको छ ।
एसएमएस मतदानको आधारमा सर्वाधिक मत पाउने खेलाडी पल्सर लोकप्रिय वर्षखेलाडी हुनेछन् । अन्य चार विधामा पनि ५–५ खेलाडीको मनोनयन हुनेछ । मञ्चका सचिव महेश आचार्यको संयोजकत्वमा गठित आठसदस्यीय छनोट समितिले सबै विधाको मनोनयन सार्वजनिक गर्नेछ ।
पल्सर वर्षको उत्कृष्ट पुरुष खेलाडी र पल्सर वर्षको उत्कृष्ट महिला खेलाडीले गत वर्षभैंm पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । लोकप्रिय वर्षखेलाडीलाई पनि पल्सर मोटरसाइकल पुरस्कार दिनका लागि पहल भइरहेको मञ्चका अध्यक्ष निरञ्जन राजवंशीले बताए । अन्य पाँच विधाका विजेताले ३०–३० हजार रुपियाँ पाउनेछन् । विजेतालगायत मनोनयनमा पर्ने सबैले ट्रफी र उपहार प्राप्त गर्नेछन् ।
‘खेलाडीको चरित्र अलि भिन्न हुन्छ । प्रतिद्वन्द्वीसँगको हार खेलाडीले स्विकार्न सक्छन् । उनीहरूको यस्तो गुण हाम्रा नेताहरूले सिक्नुपर्छ,’ पल्सर स्पोटर््स अवार्डका प्रायोजक हंसराज हुलासचन्द एन्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘सागर थापाले साफ च्याम्पियनसिप फुटबलमा गोल गर्दा सबै नेपाली खुसी भएका थिए । त्यहाँ जातको कुरा थिएन,’ उनले थपे, ‘खेलकुदको यस्तै विशेषताका कारण लगातार चौथो वर्ष स्पोटर््स अवार्डलाई प्रायोजन गर्दैछौं । यसअघि गोल्छाले कुनै पनि प्रतियोगिताका लागि लगातार चार वर्ष प्रायोजन गरेको थिएन ।’
गत वर्ष यस अवार्डका लागि पाँच वर्षको प्रायोजन सम्झौता गरेको हंसराज हुलासचन्द एन्ड कम्पनीले यसपटकको प्रायोजन १२ लाख ५० हजार रुपियाँबराबर हुने जनाएको छ । कार्यकारी निर्देशक गोल्छाका अनुसार त्यसमध्ये ६ लाख रुपियाँ उसले कार्यक्रम आयोजनाका लागि मञ्चलाई उपलब्ध गराउनेछ भने त्यसबाहेकको रकम कार्यक्रमका अन्य पाटामा खर्च हुनेछ ।
मञ्चले २०५४ सालमा अवार्ड वितरण सुरु गरे पनि बीचमा केही वर्ष स्थगन भएको थियो । २०६० सालमा पुन: सुरु भएको स्पोटर््स अवार्ड त्यसयता हरेक वर्ष वितरण हुँदै आएको छ ।
प्रतिक्रिया