टेण्डरमा अवरोध पुर्‍याउने १२ जना पक्राउ

विराटनगर, २१ जेठ । विराटनगरमा टेन्डर फारम दर्ता गर्न अवरोध पुराएको अरोपमा प्रहरीले आज १२ जनालाई पक्राउ गरेको छ ।
साना प्रकृतिका आय कर संकलन र दुईवटा पुल निर्माणका लागि जिल्ला विकास समिति मोरङले आव्हान गरेको टेण्डर दर्ता गराउने अन्तिमदिन धाँधली गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिविस कार्यालय परिसरमा टेण्डर दर्ता गराउन आएका ठेकेदारहरुलाई ठेकेदार पक्षले नै परिचालन गरेका युवाहरुले फारम दर्ता गराउनवाट अवरोध पुराएका थिए ।
पक्राउ पर्नेहरुमा मोरङ पथरी–१ का नरेन्द्र तामाङ, उर्लाबारीका सुरेश शाक्य, गगन राई रंगेलीका केशव आचार्य, मोहन गुरुङ, नयन आचार्य, सुनसरी इटरीका विकासराज राई, रेवत बस्नेत, विराटनगरका–११ का भास्कर राई विशाल राई, अमृतराज जोशी र मोरङ डागीहाटका आशिष सुब्बा छन् ।
आवश्यक छानविन गरी दोषीलाई सार्वजनिक ऐन अन्र्तगत मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमाप्रसाद चर्तुवेदीले वताए ।

प्रतिक्रिया