सत्तारुढ सानो दल चुरेभावर फुटको संघारमा

काठमाडौं, २१ जेठ । पटक/पटक विभाजनको पीडा खेपिसकेको सत्तारुढ सानो दल चुरेभावर राष्ट्रिय एकता पार्टी विभाजनको अन्तिम संघारमा पुगको छ ।
सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा विवाद भएपछि पुनः फुटको संघारमा पुगेको हो । सरकारमा रहेको संस्थापन पक्षले महासचिव भूमिराज निरौलालाई आज कारबाही गरेर साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि विवाद सार्वजनिक भएको हो ।
उता, महासचिव निरौला समूहले पनि संस्थापन पक्षका महासचिव तथा कामचलाउ सरकारका महिला तथा बालबालिका मन्त्री बद्री न्यौपाने सहितलाई कारबाही गरी पार्टीबाट निष्कासन गरेको विज्ञप्तीमा उल्लेख छ ।
संस्थापन पक्षले बरिष्ठ उपाध्यक्ष शिवप्रसाद तामाङ र महासचिव निरौलालाई पार्टी हित विपरित गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको दाबी गरेको छ ।
संस्थापनका तर्फबाट अध्यक्ष हिमालयभक्त प्रधानाङ, उपाध्यक्ष कृष्णगोपाल श्रेष्ठ, महासचिव बद्रीप्रसाद न्यौपाने र कोषाध्यक्ष हरि पोखरेलले संयूक्त विज्ञप्ति जारी गरेर उनीहरुलाई निस्कासन गरेको जाएको छ ।
महासचिव निरौलालगायतले पनि पार्टीको नीति र विधान विपरित असंवैधानिक सरकारमा रहेको भन्दै संस्थापनका महासचिव बद्री न्यौपाने लगायतलाई साधारण सदस्य समेत नरहेने गरेर निस्कासन गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

महासचिव निरौला समूह सरकार छाड्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष सरकारमा रहनुपर्ने अडानमा रहेपछि विवाद श्रृजना भएको हो ।

प्रतिक्रिया