यसरी सुध्रियो निखिल

आठवर्षे निखिल चञ्चल स्वभावको थियो । उसलाई खेल्न, घुम्न, मीठो खान र नयाँ लुगा लगाउन मन पथ्र्यो । तर, ऊ एकदमै चकचक गथ्र्यो । बुबाआमा सल्लाह गरिरहेको ठाउँमा हल्लाखल्ला गरेर दिक्क बनाउँथ्यो । शान्त भएर बस्न सक्दैनथ्यो । उसको यो बानी घरका कसैले मन पराउँदैनथे ।
घरअगाडि मूल सडक थियो । त्यहाँ मोटर आउने जाने गरिरहन्थे । ऊ भने सडकमा निस्फिक्री वारिपारि हिँड्ने गथ्र्यो । ऊ आमालाई एक–एक घन्टामा भोक लाग्यो भनिरहन्थ्यो । खान दिँदा पनि घरभरि छथ्र्यो ।
यसै कारण धरैपटक बुबाआमाको पिटाइ खाइसकेको थियो । जति पिट्दा पनि उसको चकचके स्वभाव सुध्रिएको भने थिएन । स्कुलमा पनि चकचक गरिरहन्थ्यो । साथीहरूलाई पिट्थ्यो । कहिले कसैको पेन्सिल भाँचिदिन्थ्यो । कहिले कसैको पानी पोखिदिन्थ्यो । अनि कहिले कसैको खाजा खोसेर खाइदिन्थ्यो ।
बदमासी देखेर सरमिसहरूले उसलाई हकार्नुहुन्थ्यो । ‘निखिल † बदमासी गर्नु हुँदैन है †’ उहाँहरूले सम्झाउनु पनि हुन्थ्यो । तर पनि निखिल आफ्नो नराम्रो बानी छाड्दैनथ्यो ।
ऊ घरमा पिटाइ खाँदा–खाँदा थेत्तरो भइसकेको थियो । ऊसँग टोलका अरू
स–साना केटाकेटीहरू पनि खेल्न डराउँथे । चित्त नबुझे निखिल अरूलाई कुटिहाल्थ्यो । अनि फेरि आफैँ रुन्थ्यो पनि । उसको बानी बुझिनसक्नुको थियो ।
निखिललाई खेल्न खुबै मन पथ्र्यो । ऊ एक्लै भए पनि खेलिरहथ्यो । ऊ कहिलेकाहीँ कसैलाई नसोधी दराजबाट नयाँ लुगा झिक्थ्यो । अनि बजार घुम्न जान्थ्यो । यो कुरा थाहा पाएपछि आमा रिसाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘कसलाई सोधेर नयाँ लुगा
लगायौ ? एक्लै बजार किन गएको ?’
निखिलले ‘लगाउँछु के † जान्छु के †’ भन्दै जवाफ फर्काउँथ्यो ।
अनि त आमाले निखिललाई पिट्न थालिहाल्नुहुन्थ्यो ।
ऊ बजारमा गएर चटपटे खान्थ्यो । आमा भन्ने गर्नुहुन्थ्यो, ‘पिरो र अमिलो जथाभाबी खानु हुँदैन । खाइस् भने बिरामी पर्लास् ।’
‘बिरामी परे पर्छु के त ? चटपटे खाँदा कस्तो मज्जा आउँछ,’ ऊ भन्थ्यो ।
निखिलको संगत राम्रा केटाहरूसँग थिएन । दिनभरि गुच्चा खेलेर बस्ने अब्दुलसँग उसको दोस्ती थियो । खोलामा माछा मारेर दिन बिताउने रामलखनसँग पनि ऊ घुम्न जान्थ्यो ।
यो थाहा पाएपछि आमाले फेरि उसलाई पिट्नुहुन्थ्यो । ‘घर–घर घुम्न नजा † लफंगा केटाहरूको संगत नगर भनेको मान्दैनस् ? बुबाले थाहा पाउनुभयो भने तेरो खुट्टा भाँचिदिनुहुन्छ, बुझिस् ?’ आमाले उसलाई डर देखाउनुहुन्थ्यो ।
‘पिटे के त † कहिले पो नपिटेको हो र ? मलाई जति पिटे पनि दुख्दैन,’ निखिल उल्टो जवाफ फर्काउँथ्यो ।
निखिलको यस्तो व्यवहार देखेर उनका बुबाआमा निकै दु:खी थिए । दिक्क भइसकेका थिए । उनलाई पिटाइको खासै डर लाग्दैनथियो । स्कुलमा पनि सरमिसहरू वाक्क भइसकेका थिए ।
‘निखिलले त गृहकार्य पनि ल्याउँदैन । जति गाली गर्दा पनि हुँदैन । मलाई पिटे पिट्नुस्, मलाई दुख्दैन भन्छ,’ इन्दु मिसले प्रिन्सिपल सरलाई भन्नुभयो ।
सरमिसहरूको सल्लाहमा निखिलबारे बुझ्न इन्दु मिस उसको घर जाने निधो गर्नुभयो ।
शनिबारको दिन निखिल आँगनमा बसेर पढिरहेको थियो । उसलाई बुबाले पढाइरहनुभएको थियो । तर, जति भन्दा पनि निखिलको ध्यान पढाइमा थिएन । ऊ पाठ बुझ्दैनथ्यो । बुबाले उसलाई यही
निहुँमा पिट्नुभयो ।
‘जति सिकाए पनि यसको दिमागमा पस्दैन,’ बुबा रिसाउनुभयो । निखिल रोएन बरु ङिच्च हाँस्यो । बुबाले झनै पिट्नुभयो । त्यसैबेला आमाले निखिलका लागि गिलासमा दूध ल्याउनुभयो । निखिलले गिलास राम्ररी नसमातेकाले पोखियो । यो देखेर आमाले पनि उसलाई एक झापट लगाउनुभयो, ‘तेरो ध्यान कहिल्यै ठीक ठाउँमा हुँदैन †’
यी सबै दृश्य इन्दु मिसले परबाट हेरिरहनुभएको थियो । उहाँ निखिल भए ठाउँमा जानुभयो । निखिललाई माया गर्दै उसको कपाल मुसार्नुभयो र भन्नुभयो, ‘ए आज त हाम्रो निखिल बुबासँग पढिरहेको ? धेरै राम्रो कुरा हो । पढ, पढ ।’
निखिल मिसलाई छक्क परेर हेर्न थाल्यो अनि किताब पनि हेर्न थाल्यो ।
इन्दु मिसले निखिलका बुबाआमालाई भन्नुभयो, ‘सुन्नुस् दाजुभाउजू † यसरी बच्चालाई पिटेर मात्रै तह लगाउन सकिँदैन । पिट्दैमा पढाएको कुरा बच्चाले बुझ्दैन । बच्चाहरू अबोध हुन्छन्, अरूको सिको चाँडो गर्छन् । मायाले जित्न सक्नुपर्छ, अनि मात्र उसले भनेको मान्छ । निखिललाई पिटाइदेखि डर नलाग्नुको कारण बल्ल थाहा पाएँ । स्कुलमा पनि ऊ पिटाइ खान आफैँ तयार हुन्छ । सबै गल्ती तपाईंहरूकै रहेछ । तपाईंहरूले उसलाई खाली पिटेर मात्रै सम्झाउन खोज्नुभयो । त्यसकारण ऊ थेत्तरो भएको हो । त्यसैले ऊ पढ्न लेख्न पनि मन गर्दैन ।’
सरमिसको कुरा सुनेर निखिलका बुबाआमाले गल्ती महसुस गर्नुभयो । उहाँहरूले अब निखिललाई पिटेर होइन माया गरेर सम्झाउने अठोट गर्नुभयो । स्कुलमा पनि सरमिसहरूले उसलाई माया गरेर सम्झाउन थाल्नुभयो ।
नभन्दै केही महिनादेखि नै निखिलको बानी र व्यवहार सुध्रिँदै आयो । उसले पढाइमा ध्यान दिन थाल्यो । नराम्रा कुरा र साथीहरू छोड्दै गयो । ऊ सबैको प्यारो बन्यो ।

प्रतिक्रिया