भिओआइपी सञ्चालक पक्राउ

काठमाडौं, २० जेठ । प्रहरीले राजधानीबाट अबैध रुपमा भिओआइपी सञ्चालन गर्ने तीन जनालाई उपकरण सहित पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान व्युरो तथा महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले कमलपोखरीमा अबैध रुपमा भिओआइपी संचालनमा प्रयोग भएका उपकरणहरु बरामद गरेको छ । भिओआइपीबाट नेपाल टेलिकमले करोडौं रुपियाँ घाटा व्यहोर्दै आएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं हात्तीगौंडा बस्ने मकवानपुर जिल्ला हेटौंडा–२ घर भएका ३० वर्षीय उत्तम महर्जन, कालीमाटी बस्ने मकवानपुर जिल्ला टिस्टुङ–६ घर भएका २३ वर्षीया राकेश गोपाली र कमलपोखरी बस्ने अर्घाखाँची जिल्ला वाङला–६ घर भएका ३१ वर्षीय ज्योतिलाल अधिकारी रहेका छन् ।
बरामद सामानहरुमा १ सय २८ पोर्टको हाईफर मिडिया गेटवे ३ थान, फिक्स वाइरलेस टर्मिनेट १८ थान, जिएसएम एन्टिना ४४ थान, व्याट्री चार्जर, स्वीचहरु लगायत छन् ।

प्रतिक्रिया