निर्वाचन हुन नसक्ने मन्त्रीहरुको भनाई

काठमाडौ, १९ जेठ । भूमिसूधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोसीले यथस्थितिमा निर्वाचन हुन नसक्ने स्वीकार गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाललेले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री जोसीले अहिले रहेका संबैधानिक जटिलता अन्त्य गरेपछि मात्रै संविधानसभाको निर्वाचन हुन सक्ने अन्यथा निर्वाचन हुनै नसक्ने बताए । उनले भने, ‘मुलुकमा संवैधानिक जटिलता छ ।’
मन्त्री जोसीले राजनीतिक सहमतिबाटै संवैधानिक जटिलताको अन्त्य गर्न सकिने भन्दै दलहरुवीच सहमतिको विकल्प नभएको स्पष्ट पारे ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले संविधानसभा नरहने अवस्था आएपछि सरकारले निर्वाचन घोषणा गरेको बताएका छन् ।
उनले पनि सहमतिका साथ अर्को सरकार बनाएर निर्वाचनमा जानु पर्ने बताए ।
सहकारी तथा गरिवी निवारण मन्त्री एकनाथ ढकालले दलहरुलाई राष्ट्रिय सहमति बनाएर अगाडि बढ्न सुझाव दिए ।

प्रतिक्रिया