नियुक्त भएकै दिन शिक्षकको मृत्यु

सिन्धुपाल्चोक : शिक्षक नियुक्ति लिएर घर फर्कँदै गरेका एक शिक्षकको दुर्घटनामा मृत्यु भएको छ । थाङपालधाप–७ का २२ वर्षीय विनोद थापाको बुधबार ट्रिपरको ठक्करले मृत्यु भएको हो । थाङपालधापबाट मेलम्ची आउँदै गरेको बा २ ख ८७८८ नम्बरको ट्रिपरले उनलाई ठक्कर दिएको इन्स्पेक्टर लोकहरि खनालले जानकारी दिए । थापा स्थानीय सातकन्या प्राविमा रिक्त शिक्षक पदमा नियुक्ति लिएर घर फर्कँदै थिए । ट्रिपरमा सवार गुन्साका २५ वर्षीय रामबहादुर गुभाजु घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी सगरमाथा राजमार्गको कद्माहा–गाईघाट सडकखण्डअन्तर्गत चुरे जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सिरहाबाट इँटा लिएर गाइघाट जाँदै गरेको ध १ त १३० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक उमेश दनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । (सौस)

प्रतिक्रिया