अस्पताल हिँडेकी युवती मृत फेला

विराटनगर : ब्लडप्रेसर जचाउन अस्पताल आएकी एक युवती भोलिपल्ट मृतावस्थामा फेला परेकी छन् ।
विराटनगर–२० रानी घर भएकी २१ वर्षीया निकिता श्रेष्ठ विराटनगर–१८ स्थित मन्ठापोखरीमा बुधबार बिहान मृतावस्थामा फेला परेकी हुन् । उनी मंगलबार बिहान ब्लडप्रेसर लो भएपछि जचाउन अस्पताल हिँडेको परिवारले बताए ।
स्थानीय लर्डबुद्ध कलेजमा बिबिएस तहमा अध्ययनरत श्रेष्ठको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको साइकल घर नजिकैको एक पसलमा भेटिएको छ । श्रेष्ठको शव पोस्टमार्टममा पठाएर थप अनुसन्धान भइरहेको इन्स्पेक्टर कवीन्द्र कार्कीले बताए । (सौस)

प्रतिक्रिया