एमाओवादीको सत्ताकब्जा गर्ने दरासय

काठमाडौं, १७ जेठ । कांग्रेस केन्द्रीय सदस्य डा.रामशरण महतले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरिसकेको दावी गरेका छन् । उनले प्रधानमन्त्रीको कदम असंबैधानिक भएको प्रमाणित भएको दाबी गरे ।
राजधानीमा आज आयोजित साक्षत्कारमा उनले राष्ट्रपतिको कदमको स्वागत गर्दै मुलुकको निकास राष्ट्रिय सहमतिबाट मात्र सम्भाव रहेको बताए । उनले भने, ‘निकास सहमतिको राजनीति हो, सहमतिकै सरकार गठन हुनुपर्छ ।’
असंबैधानिक सरकारले घोषण गरेको निर्वाचनमा आफूहरु जान नसक्ने भन्दै डा.महतले सत्तामा बसेर निर्वाचन गर्न पाए सत्ताकब्जा गर्न सकिन्छ भन्ने दुरासायले एमाओवादीले निर्वाचन घोषणा गरेको आरोप लगाए ।
‘तीन महिना संसद राखेर संविधान संशोधन गरी निर्वाचनमा जाने सभामुखको प्रस्ताव एमाओवादीले मानेन,’ उनले भने, ‘विवादित विषय सुल्झाउने जिम्मा रुपान्तरित संसदलाई दिने विकल्प बाँकी रहँदा/रहँदै संविधानसभा विघठन गरी निर्वाचनमा जाने घोषणा दुरासाय पूर्ण छ ।’
उनले प्राप्त भईसकेको उपलब्धीपनि एमाओवादी र मधेसी मोर्चाका कारण गुमेको आरोप लगाए ।
कांग्रेस नेता डा.महतले अब फेरि संविधानसभाको निर्वाचन हुनै नसक्ने दाबी गरेका छन् । उनले सानो आकारको प्रत्यक्ष निर्वाचित संसदमा हुनेगरी संसदीय निर्वाचन गर्नु पर्ने बताए ।
एमाले सचिव यूवराज ज्ञावलीले एमाओवादीले पूर्व योजना अनुसार नै संविधानसभा विघटन गरेको आरोप लगाए । उनले मंसिर–७ गते निर्वाचन हुनै नसक्ने बताएका छन् ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बर्तमान सरकार कामचलाउनै भएको भन्दै राष्ट्रपतिले त्यस विषयमा बोल्न आवश्यक नभएको टिप्पणी गरे ।

प्रतिक्रिया