कांग्रेसद्वारा पूर्व सभासदसँग छलफल

काठमाडौं, १७ जेठ । संविधानसभा विघटन भएपछि कांग्रेसले पहिलो पटक आज आफ्ना पूर्वसभासदसँग परामर्श गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा संविधानसभा विघटन पछिको अवस्थाका बारेमा परामर्श भएको नेताहरुले बताएका छन् ।
छलफलमा कांग्रेस सभापति सुशील कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्था अत्यन्तै तरल रहेको भन्दै निकास खोज्ने प्रयास भईरहेको बताएका छन् ।
उनले नयाँ निर्वाचन घोषणा भईसकेको अवस्थामा संविधानसभा विघटन भएको कारण र पार्टीको योजना गाउँ÷गाउँ सम्म पुराउनुपर्ने बताएको एक पूर्व सभासदले जनाए ।
पूर्व सभासदहरुले भने तत्काल यथाअवस्थामा गाउँ जाँदा नकारात्मक सन्देश जान सक्ने भन्दै कार्यक्रम र योजनाका साथ जानुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया