एलआरआई र सैनिकको विजयी सुरुआत

काठमाडौं : एलआरआई र सैनिक महाविद्यालयले प्रथम ओलम्पिया अन्तरविद्यालय यु–१४ छात्र नकआउट फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । बबरमहलस्थित ओलम्पिया वल्र्ड स्कुलद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एलआरआईले आयोजक ओलम्पियालाई ६–१ को फराकिलो अन्तरले हरायो । एलआरआईको जितमा स्वस्तिक अधिकारीले २ तथा रोहन लामा, अंकित खड्का, सिर्जन पन्त र अस्बन्त अधिकारीले १–१ गोल गरे । ओलम्पियाका असिम बिसीले सान्त्वना गोल गरे ।
जावलाखेल मैदानमा भएको अर्को खेलमा सैनिकले चेल्सी इन्टरनेसनल स्कुलमाथि १२–० को सहज जित दर्ता गर्‍यो । जितसँगै दुवै विजेताटोली सेमिफाइनलमा पुगे । आठ टिमको सहभागितामा शनिबारसम्म चल्ने प्रतियोगिताको नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राकेश श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गरेका थिए । (सौस)

प्रतिक्रिया