कार्यकारी अध्यक्षमा त्रिपाठी

काठमाडौं : सौर्य राष्ट्रिय दैनिकको प्रकाशन संस्था सौर्य सञ्चार सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न विशेष साधारणसभाले बोधराज त्रिपाठीलाई कार्यकारी अध्यक्षमा चयन गरेको छ । त्रिपाठी सौर्य दैनिकका प्रधान सम्पादक पनि हुन् ।
साधारणसभाले ११ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गरेको छ । सौर्य दैनिकको पूर्वाञ्चल संस्करण पनि चाँडै प्रकाशन गर्ने निर्णय साधारणसभाले गरेको छ । त्यसका लागि आवश्यक तयारी सुरु गरिएको छ । (सौस)

प्रतिक्रिया