राज्य पुनर्संरचनामा सहमति खोज्न अपील

काठमाडौं, १३ जेठ । नागरिक समाजका अगुवाहरुले नयाँ संविधान जारी गर्ने समय अत्यन्तै थोरै रहदा समेत अन्योल अझै कायम रहेको भन्दै चिन्ता जनाएका छन् ।
विभिन्न क्षेत्रसँग आबद्ध तीन दर्जन बढि नागरिक अगुवाले आज संयुक्त विज्ञप्ती जारी गरेर राज्य पुनसंरचनाको विषयमा दलहरुबीच सहमति बन्न नसकेकाले नयाँ संविधानमा अन्योलको अवस्था श्रृजना भएको जनाएका छन् ।
‘नेपालीहरुबीचको सामाजिक र साम्प्रदायिक सदभाव, सहिष्णुता र एकताको भावनामा आघात पुराउने उत्तेजनात्मक र गैर जिम्मेवार प्रवृत्ति प्रोत्साहित भैरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सर्वत्र अराजकता र मानवीय संकटको खतरनाक संकेतहरु देखापरिरहेका छन् ।’
उनीहरुले सरकार, राजनीतिकदल र संविधान सभालाई नाजुक परिस्थितिप्रति गम्भीर तथा जिम्मेवार बन्न अपील समेत गरेका छन् ।
संयुक्त विज्ञप्ती जारी गर्नेमा नेपाल बार एसोसिएसनका अध्यक्ष पे्रेमबहादुर खड्का, डा.केदारनरसिंह केसी, अधिकारकर्मी चरण प्रसाई, सुबोधराज प्याकुरेल, कपिल श्रेष्ठ लगायत रहेका छन् ।

प्रतिक्रिया