कोइराला र बैद्यवीच भेटबार्ता

काठमाडौं, १३ जेठ । नयाँ संविधान र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिए कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्यवीच भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज विहान भएको भेटमा नयाँ संविधान जारी गर्ने विषयमा छलफल भएको एमाओवादी उच्च स्रोतले जनाएको छ । भेटमा उपाध्यक्ष बैद्यले नयाँ संविधान समयमा जारी गर्नुपर्ने भन्दै त्यसका लागि नेतृत्व गर्न पुनः कांग्रेससँग आग्रह गरेको बुझिएको छ ।
भेटबार्तामा नयाँ संविधान जारी हुन नसके प्रधानमन्त्री बाबुराम भट्टराई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा समेत परामर्श भएको स्रोतको दाबी छ ।
यसैवीच, एमाओवादीको वैद्य समूहले काठमाडौंमा अलग भेला गरेको छ । भेलामा जातीय अधिकार सहितको नयाँ संविधान र पार्टीले अबलम्बन गरेका विषयवस्तु समावेश गराउने विषयमा छलफल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया