कांग्रेस आजदेखि पुनः प्रतिपक्षमा

काठमाडौं, १२ जेठ । मुस्कीलले २० दिन सरकारमा रहेको कांग्रेस औपचारीक रुपमा बाहिरिएको छ ।
पार्टी निर्णय अनुसार उप–प्रधानमन्त्री कृष्णप्रसाद सिटौला र मन्त्री सूर्यमान गुरुङको राजीनामा पत्र कांग्रेसले आज औपचारीक रुपमा प्रधानमन्त्रीलाई बुझाएको छ । सभापति सुशील कोइरालाले आफ्ना निजी सहयोगी लक्ष्मण ढकाल मार्फत दुई मन्त्रीका राजीनामा पत्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई उपलब्ध गराएको कोइरालाका प्रेस सल्लाहाकार विपुल पोखरेलले जानकारी दिए ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सानेपामा बसेको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यस लगत्तै सभापति कोइरालाले दुई मन्त्रीका राजीनामा पत्र प्रधानमन्त्री भट्टराईलाई उपलब्ध गराएका हुन् ।
कांग्रेस आजदेखि संसदमा पुनः प्रमुख प्रतिपक्ष दलको हैसीयतमा बस्ने छ । त्यसका लागि संसद सचिवालयले कांग्रेस सभासदलाई संसद बैठकमा बस्ने व्यवस्था मिलाउने छ ।

प्रतिक्रिया