तेक्वान्दोमा ६ स्वर्ण

काठमाडौं : प्रथम छ्यासीकोट इन्डो–नेपाल मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगिताको पहिलो दिन बुधबार नेपालले ६ स्वर्ण जितेको छ । २२ स्वर्णका लागि भिडन्त भइरहेको दुई दिने प्रतियोगितामा भारतले २ स्वर्ण हात पारेको छ ।
सैंबुको भैसेपाटीस्थित आयोजक छ्यासीकोट तेक्वान्दो डोजाङमा भएको पुरुषको ३१ केजीमुनि स्युचाटार तेक्वान्दो डोजाङ नेपालका सन्तोष भित्राकोटीले स्वर्ण जिते । फाइनलमा उनले सानो ठिमी तेक्वान्दो डोजाङ नेपालका अमिर मानन्धरलाई हराए । पुरुषको ३४ केजीमुनि आयोजक ए नेपालका नवीनचन्द्र ठकुरी पहिलो भए । उनले चुनदेवीका निरोज भण्डारीलाई हराए ।
पुरुषको ४१ केजीमुनि आयोजक ए नेपालका पासाङ लामा फाइनलमा जावलाखेल तेक्वान्दो डोजाङ नेपालका अर्जुन मोक्तानलाई हराउँदै पहिलो भए । महिलाको ३४ केजीमुनि आयोजक बी नेपालका पुष्पा राई पहिलो भइन् । फाइनलमा पुष्पाले स्युचाटारकी नामिका मोक्तानको चुनौती पन्छाइन् । महिलाको ५१ केजीमुनि आयोजक ए,नेपालकी मुना राई जावलाखेलकी उषा राईलाई पाखा लगाउँदै शीर्ष स्थानमा रहिन् । ४१ केजीमुनि नखिपोट तेक्वान्दो डोजाङ नेपालकी सान्सुङ राईले बाजी मारिन् । फाइनलमा सान्सुङले बन्देशपुरकी सुष्मा घलेलाई पराजित गरी स्वर्ण हात पारिन् ।
पुरुषको २१ केजीमुनि रायन इन्टरनेसनल भारतका अपूर्व त्यागी तथा ३३ केजीमुनि रायनका हार्दिक अग्रवाल पहिलो भए । अपूर्वले बन्देशपुर तेक्वान्दो डोजाङ नेपालका अनिश लामा तथा हार्दिकले रायनकै कुरेसी सहदेवलाई पन्छाए । त्यसअघि प्रतियोगिताको उद्घाटन पूर्व युवा तथा खेलकुदमन्त्री ओनसरी घर्तीले गरेकी थिइन् । (सौस)

प्रतिक्रिया