एमाओवादी अध्यक्ष र भारतीय राजदूतवीच भेट

काठमाडौं, ९ जेठ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले आज भेटबार्ता गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको स्रोतले जनाएको छ । नेपालको राजनीतिक अवस्थामा र संविधान निर्माणमा नजिकबाट नियालिरहेको भारतले दलहरुका वीच भएको १२ बुँदे सहमतिमा उल्लेख्य भूमिका खेलेको थियो ।
छलफलमा नयाँ संविधान र राज्य पुनर्संरचनालगायतमा कुराकानी भएको बुझिएको छ ।

प्रतिक्रिया