मारवाडीपनि पहिचान माग्दै

विराटनगर, ९ जेठ । विभिन्न जाति र समुदायले नयाँ संविधानमा पहिचान माग गर्दै आन्दोलन गरिरहेका समयमा विराटनगरमा मारवाडी समुदायले पनि आज आफ्नो पहिचानको माग गरेका छन् ।
उनीहरुले विराटनगरमा नयाँ संविधानमा पहिचनाको माग गर्दै प्रर्दशन गरेका छन् । माग पुरा नभए आन्दोलन चर्काउने उनीहरुको चेतावनी छ ।
उनीहरुले जुलुस सहित विराटनगर वजार परिक्रमा समेत गरेका छन् ।
समयमै संविधान जारी गर्नुपर्ने, आफूहरुको पहिचान मेट्न नहुने मारवाडी समुदायका अगुवाहरुको माग छ ।

प्रतिक्रिया