‘आन्दोलनमा बालबालिका प्रयोग’

दाङ, ८ जेठ । विभिन्न संघ संगठनका नाममा भएका बन्दमा बालबालिका प्रयोग भएको भन्दै अधिकारवादी संस्थाहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

आन्दोलनमा बालबालिका प्रयोग गर्नु बालअधिकार बिपरित हुने भएकाले अबोध बालबालिकालाई आन्दोलनमा प्रयोग नगर्न उनीहरुले सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

दाङमा आज आयोजित कार्यक्रममा अधिकारकर्मीहरुले राजनीतिक दलहरुसँग बालबालिकाको प्रयोग अन्त्यको माग गरेका हुन् ।

पापडका सचिव सुदिप गौतमले आन्दोललाई शान्तिपूर्ण र संयम बनाउन आग्रह गरेका छन् ।

अधिकारवादी विकिरण गौतमले बन्दका क्रममा दाङमा अत्यधिक संख्यामा बालबालिकाको प्रयोग भएको बताए ।

यस्तै मानवअधिकार अधिकारवादी विनोद केसीले बालबालिकालाई आफू भन्दा ठूलो लाठी समाउन लगाइ बन्दमा अराजक गतिविधि गर्न उक्साएको दाबी गरे ।

यसैवीच, आदिवासी जनजाति महासंघका कार्यकर्ताले प्रेस माथि गरेको आक्रमणको पनि विरोध भएको छ ।

पत्रकार महासंघ दाङ शाखा र नेपाल प्रेस युनियनले देशभर प्रेस माथि भएको आक्रमणको विरोधमा विरोघ ¥याली निकालेका छन् ।

प्रतिक्रिया