चितवनमा बन्दकर्ताको धम्की पछि पत्रकार त्रासमा

चितवन, ७ जेठ । बन्दको प्रचारमा समाचार प्रकाशन प्रशारण गर्न बन्दकर्ताले निरन्तर धम्की दिन थालेपछि चितवनका पत्रकार त्रसित हुन थालेका छन् ।
पटक पटक धम्की दिदै कुटपिट गर्ने तथा कार्यालय फोड्ने धम्की आउन थालेपछि पत्रकार त्रसित हुन थालेका हुन् ।
‘समाचार आफ्नो पक्षमा नलेखेको भन्दै हामीलाई कुट्न खोजेर हिडेका छन्’, चितवन पोष्ट दैनिक पत्रकार होमनाथ सापकोटाले भने, ‘चार दिनदेखि कार्यालय खोल्न सकेको छैन, रिपोर्टिङमा नहिडेर घरै बस्न थालेको छु ।’

एक सातादेखि चितवनमा संयुक्त थारु संघर्ष समितिले गरेको तराई बन्दको सकारात्मक समाचार नलेखेको भन्दै पटक पटक धम्की आउने गरेको उनले गुनासो गरे ।
चितवनकै स्थानीय टेलिभिज बेसो च्यानलका समाचार प्रमुख कृष्ण चन्द्र भट्टराइले पनि समाचार आफ्नो पक्षमा नआएको भन्दै फोनबाट पटक पटक धम्की आउन थालेको गुनासो गरे ।
रेडियो त्रिवेणीका पत्रकार सुवास पण्डितले पनि बन्दकर्ताको धम्की आएर पत्रकारहरु असुरक्षित भएको बताए ।
नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा आज जिल्लाका सञ्चार संस्थास“ग सम्बन्धित प्रतिनिधि तथा पत्रकारहरुको सहभागितामा अन्तरक्रिया गरेका हुन् ।

प्रतिक्रिया