प्रमुख दलहरुको बार्ता प्रभावित

प्रमुख दलहरुको बार्ता प्रभावित
काठमाडौं, ७ जेठ । प्रमुख दलहरुको आज बेलुका बस्ने भनिएको बैठकमा एमाले नेताहरु नआएपछि सोमबार बस्ने गरी स्थगित भएको छ ।
यस अघि बिहान बस्ने तयारी भएको बैठक आदिवासी जनजातिहरुको संयुक्त संघर्ष समितिको बन्दका कारण प्रभावित भएको थियो ।
प्रमुख राजनीतिक दलहरुबीच गत जेठ २ गते ११ संघीय प्रदेश बनाउने विषयमा भएको सहमति विभिन्न क्षेत्र, वर्ग, तह तथा तप्काबाट विरोध भएपछि त्यसको हल खोज्न आजका लागि वार्ताको कार्यक्रम राखिएको थियो ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एमाओवादी, कांग्रेसका शीर्ष नेताहरु उपस्थित भए पनि एमालेका नेताहरु आउन नसकेका कारण वार्ता हुन सकेको थिएन ।
बेलुकापनि एमाले नेताहरुले बैठक स्थलमा नआएपछि सोमबार बस्ने गरी स्थगित गरिएको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए ।

प्रतिक्रिया