सेयर बजारमा सुधारको संकेत

काठमाडौं, ७ जेठ । राजनीतिक सहमतिपछि सेयर बजारमा सुधारको संकेत देखिएको छ । १४ जेठमा संविधान जारी गर्ने संकेतसँगै सेयर बजारमा सुधार देखिएको हो । सोही कारण नेप्से परिसूचक पहिलो दिनको तुलनामा साताको अन्त्यमा २५ दशमलव ७५ अंकले वृद्धि भई चार सय १६ दशमलव ३७ अंकमा पुगेको हो ।

गत साता नेपाल स्टक एक्सचेन्जमा एक सय चार कम्पनीको कारोबार भएको थियो । जसअनुसार पाँच हजार चार सय ७९ कारोबारबाट ३६ करोड ९१ लाख ९१ हजार रुपियाँ बराबरका नौ लाख ३४ हजार चार सय ९५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
अघिल्लो साता एक सय १४ कम्पनीको कारोबार भएको थियो । जसमा ६ हजार दुई सय ५६ कारोबारबाट ६४ करोड ४७ लाख २० हजार रुपियाँ बराबरका २५ लाख २० हजार सात सय ४० कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४२ दशमलव ७४ प्रतिशतले ह्रास आएको हो । । कूल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र २८ करोड ७९ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ७७.९९ प्रतिशत हो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६ दशमलव ९० अंकले वृद्धि भई एक सय पाच दशमलबँव ५३ अंकमा पुगेको छ । कारोबार रकममा नौ करोड ६९ लाख, कारोबार भएको सेयर एक लाख ४९ हजार पाँच सय ४५ कित्ता र कारोबार संख्या सात सय १७ वटा कारोबारसहित तीनै स्थानमा बैंक अफ काठमाडौं अग्रस्थानमा रहेको नेप्सले जनाएको छ ।
सातामा सूचीकरण भएका कम्पनीमा बागमती डेभलपमेन्ट बंैकको साधारण सेयर, नेपाल आवास फाइनान्स, नेपाल फाइनान्स र लुम्बिनी बंैकको बोनस सेयर रहेको छ ।

प्रतिक्रिया