अनौठो रोगका कारण विद्यालय बन्द

झापा, ५ जेठ । छात्राहरुलाई अनौठो रोगले सताएपछि झापाको पृथ्वीनगरस्थित सगरमाथा माध्यमिक विद्यालय आइतबारसम्मका लागि बन्द भएको छ ।
विद्यालयमा अध्ययनरत् कक्षा ६ देखि १० सम्मका छात्राहरुमा विगत तीन दिनदेखि अनौठो रोग देखिएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक कुमार कार्कीले बताए ।
एक्कासी चिच्याउने, बर्बराउने, टाउको दुख्ने र बेहोस हुने रोगका कारण ३१ छात्रा बिरामी भएका छन् । हाल उनीहरुको मेची अञ्चल अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रधानाध्यापक कार्कीले बताए ।
उपचारमा संलग्न चिकित्सक नरेन्द्र सालिके र दीपककुमार सिंहका अनुसार उनीहरुमा ‘माइग्रेसन’को लक्षण देखिएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया