दाङका सबै गाविस कार्यालयमा तालाबन्दी

दाङ, ४ जेठ । गाउँ केन्द्रित आन्दोलन गरेको संयुक्त संघर्ष समितिले दाङका सबै गाविसको कार्यालयमा तालाबन्दी गरेको छ ।
जातीय राज्यको विरोधमा अनिश्चित आमहडताल घोषणा थालेको समितिले आज गाविसका कार्यालयमा तालाबन्दी गरेको हो । उसले चार र पाँच गतेको आन्दोलनलाई गाउँ केन्द्रित भनेको छ । जनजाती तथा थारुहरुले जातीय पहिचान सहतिको राज्यको माग गरेर घोषणा गरेको बन्दपछि समितिले आफना आन्दोलनको कार्यक्रम गाँउ केन्द्रित गरेको छ । थारु तथा जनजातीले गरेको आन्दोलन शुक्रवार सकिदैछ ।

प्रतिक्रिया