विराटनगर, ३ जेठ । एमाओवादी स्थायी समिति सदस्य नेत्र विक्रम चन्दले राज्य पुनर्संरचना र शासकीय स्वरुपमा प्रमुख तीन दलवीच भएको सहमति असंवैधानिक भएको टिप्पणी गरेका छन ।
विराटनगरमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता चन्दले संविधान सभाका ६ सय १ सभासदहरुलाई वेवास्ता गरेर गरिएको सहमति नमान्ने बताए । उनले दुई/चार नेता वसेर गरेको समहति मान्नु पर्ने बाध्यता नरहेको बताएका छन् ।
उनले संविधान सभालाई तीन दलका नेताहरुले काम बिहिन बनाएको आरोप समेत लगाए ।
प्रतिक्रिया