दाहाल, कोइराला र खनाल विरुद्ध महासंघ

काठमाडौं, ३ जेठ । एघार प्रदेश बनाउने सहमति पछि आक्रोसित बनेका आदिवासी जनजातिहरुले प्रमुख तीनका शीर्ष नेता केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
एघार प्रदेश बनाउने सहमतिको बिरोधमा नेपाल आदिवासी जनजाति महासंघले आज काठमाडौंमा आयोजना गरेको बिरोध सभामा सम्बोधन गर्दै जनजाति नेताहरुले अबको आन्दोलन तीन दलका शीर्ष नेताहरु बिरुद्ध हुने बताए ।
महासंघ अध्यक्ष राजकुमार लेखी आदिवासी प्रमुख तीन दल एमाओवादी, कांग्रेस र एमालेले जनजातिका अधिकार कटौती गरेको आरोप लगाए । उनले भने, ‘पष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनाल बिरुद्ध केन्द्रित आन्दोलन हुन्छ ।’
एमाओवादीका केन्द्रीय सदस्य सुरेश आलेमगरले प्रमुख तीन दलले आदिवासी र जनजातिहरुलाई ठूलो धोका दिएको दाबी गरे । ‘ठूला भनाउदा तीन दलले आदिवासी जनजातिलाई खेलाएका छन्’ उनले भने, ‘अब आदिवासी जनजातिहरु एक भएर अधिकारका लागि आन्दोलन गर्छाै, एघार प्रदेशको सहमति फिर्ता गराउ छौं ।’
सिट्ठी जुलुस र बिरोध ¥याली समेत गरेका आदिवास जनजातिहरुको सभामा उल्लेख्य सहभागिता रहेको थियो ।
आदिवासी जनजातिहरुले जातीय संघीय राज्य माग गर्दै आएका छन् ।

प्रतिक्रिया