सिमिकोटमा कर्फ्यु आदेश

काठमाडौं, ३ जेठ । हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटमा स्कूल व्यवस्थापान समिति गठनका विषयमा दुई गाउँका स्थानीयवीच विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले कर्फ्यु  आदेश जारी गरेको छ ।
सदरमुकाम नजिकैको ठेहे गाउँका युवा र सिमिकोटका युवाबीच स्थानीय मानसरोवर उच्च माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठनका विषयलाई लिएर दुई गाउँका वासिन्दाबीच झडप भएपछि कर्फ्यु जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रहरीले झडपमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको छ । दुई गाउँका स्थानीयवीच सिमकोटमा स्थिती नियन्त्रण बाहिर जान थालेपछि मध्यान्ह साढे १२ वजेवाट कर्फ्यु  आदेश जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए ।

प्रतिक्रिया