खोजखबर

कैलालीमा झडप, विभिन्न स्थानमा बन्द

सौर्य अनलाइन २०६९ जेठ २ गते ६:४४ मा प्रकाशित

कैलाली, २ जेठ । कैलाली जिल्लमा अखण्ड सुदूरपश्चिम समर्थक र एमाओवादीवीच दोहोरो झडप भएको छ ।
धनगढी बजारमा जम्मा भएका अखण्ड सुदूरपश्चिम समर्थकलाई एमाओवादीका कार्यकर्ताले आक्रमण गरेका हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अखण्ड सुदूरपश्चिम आन्दोलनको प्रतिरोध गर्न निर्देशन दिएलगत्तै वाईसिएलका कार्यकर्ता प्रतिरोधमा उत्रिएका हुन् ।
झडप पछि धनगढी बजारको स्थिती तनावपूर्ण बनेको छ । सो स्थानमा आज अखण्ड सुदूरपश्चिम समर्थकले आमसभा गर्ने कार्यक्रम राखेका थिए ।

उता, कोटातुल्सीपुर–१ मुढाबजारमा बन्दको अवज्ञा गरेको भन्दै तीनवटा मोटरसाइकल जलाईएको छ ।
त्यसै गरेर, लगातार १९ दिनको बन्दले सुदूरपश्चिमको जनजीवन अस्तब्यस्त बनेको छ ।
बन्दले सम्पूर्ण क्षेत्र अस्तब्यस्त हुन पुगेको छ । बन्दसंगै हवाई सेवा, सडक यातायात, बजार, ब्यवसाय, कलकारखाना, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालयहरु ठप्प रहेका छन् ।
कैलालीमा तीन वटा समूहको अलग अलग बन्द छ । अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले उच्च सतर्कताका साथै उल्लेख्य सुरक्षाकर्मी परिचालन गरेको छ ।
यता, बृहद मधेसी मोर्चाले आह्वान गरेको आम हड्तालका कारण वीरगन्जमा प्रभाव परेको छ । जेठ–१४ गते भित्र संघीयता र एक मधेश प्रदेश सहितको संविधान जारी गर्न दबाब दिंदै बृहद मधेसी मोर्चाले आज तराई बन्दको आह्वान गरेको हो ।
बन्दका कारण वीरगञ्जबाट छुट्ने लामो तथा छोटो दुरिका सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन सकेका छ्रैनन् भने उद्योगहरु पनि बन्द छन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले एक दर्जन् भन्दा बढि सवारी साधनमा तोडफोड गरेका छन् ।
बन्दको प्रभाव बारा, रौतहटलगायतका जिल्लामा पनि परेको छ ।

यता, जनकपुरमा पनि मोर्चाको बन्दले जनजीवन प्रभावित बनाएको छ । बन्दको प्रभाव जनकपुरमा उल्लेख्य परेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय