बोक्सीको अरोपमा हत्या

बजुम्बुरा : उत्तरी बुरुन्डीको एक गाउँमा बोक्सीको आरोपमा एक वृद्धा र उनका पाँच सन्तानको हत्या भएको छ । उत्तरी बुरुन्डीको बामबाराङ्वे गाउँकी वृद्धा मार्थे कबात्सेइको घाँटी रेटी गाउँलेले हत्या गरेका छन् । ती महिलाका दुई छोरी र तीन नातिनातिनाको पनि गाउँलेले हत्या
गरेका छन् ।
प्रान्तका गभर्नर रेभरिन एनजिगामसाबोले भने, ‘सो परिवारका सदस्यको क्रूरतापूर्वक हत्या गरिएको घटनाले सबैलाई स्तब्ध बनाएको छ ।’ तीनमहिने शिशुको पनि हत्या भएको जानकारी उनले दिए । घाँटी थिचेर र गर्धनमा धारिलो हतियार प्रहार गरी सबैको हत्या गरिएको उनले बताए ।
केही महिनायता गाउँमा अकालमै मानिस मर्नुमा ती वृद्धा जिम्मेवार रहेको आरोप केही गाउँलेले लगाएका थिए । ती वृद्धाले टुनामुना गरेकाले उनीहरूको मृत्यु भएको गाउँलेको आरोप थियो । बुरुन्डीमा बोक्सीको आरोपमा महिलालाई यातना दिने र उनीहरूको हत्या
गर्ने घटना हुने गरेको
छ । (एएफपी)

प्रतिक्रिया