बोरुसिया डर्टमन्डको ऐतिहासिक जित

म्युनिख, १ जेठ । बोरुसिया डर्टमन्ड जर्मन फुटबलको १०३ वर्षे इतिहासमा एकै सत्रमा जर्मन कप र बुन्डेसलिगाको उपाधि जित्ने पहिलो टोली बनेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरिसकेको बायर्न म्युनिखलाई ५–२ ले पराजित गर्‍यो । म्युनिखको घरेलु रंगशालामा आउँदो शनिबार चेल्सीविरुद्ध च्याम्पियन्स लिग फुटबल फाइनल खेल्ने तयारीमा रहेको बायर्नलाई धक्का दिने क्रममा पोल्यान्डका स्ट्राइकर रोबर्ट लोडवान्सकीले हयाट्रिक गरे । ‘हाम्रो रक्षापंक्ति ध्वस्त भएकै हो,’ पराजयपछि बायर्नका प्रशिक्षक जर्ज हप्किन्सले भने । ‘तर हामीलाई विश्वास छ, च्याम्पियन्स लिगको फाइनल यो भन्दा फरक हुनेछ ।’
आठ अंकको फरकमा बायर्नलाई पछि पारेर बुन्डेसलिगाको उपाधि जितेको डर्टमन्डले सुरुआतदेखि नै खेलमा प्रभाव जमाएको थियो । जापानी खेलाडी सिन्जी काजावा र जर्मन रक्षक म्याट हयुमेल्सले पेनाल्टीमार्फत गोल गरे । बायर्नका लागि पहिलो हाफमा आर्जेन रुबेनले पेनाल्टीमा गोल गरे भने दोस्रो हाफमा फ्रान्क रिबेरीले गोल गरे । तेस्रो मिनेटमै लुइस गुस्ताभाको गल्तीको फाइदा उठाउँदै पोल्यान्डका मिडफिल्डर जाकुब कुजाले काजावालाई बल उपलब्ध गराएपछि उनले कुनै गल्ती गरेनन् । २५आंै मिनेटमा मारियो गोमेजलाई डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमार्फत बायर्नले बराबरी गरेको थियो । ४१आंै मिनेटमा कुजालाई बायर्न रक्षक लुइज बोएटाङले लडाएपछि प्राप्त पेनाल्टीमार्फत म्याटले दोस्रोपटक डर्टमन्डलाई अग्रता दिलाए ।
काजावाको उत्कृष्ट पासमा गोल गर्दै लोडवान्सकीले पहिलो हाफमै खेलको अवस्था ३–१ पुर्‍याए । ५८आं मिनेटमा कुनै निगरानीमा नरहेको लोडवान्सकीले फेरि बल पाएपछि त्यसलाई पनि उपयोग गरे । ७५औं मिनेटमा रिबेरीले गोल गर्नुअघि गोमेजको हेड क्रसबारमा लाग्नु बायर्नका लागि दुर्भाग्य थियो । खेल सकिन नौ मिनेट बाँकी रहँदा लोडवान्सकीले हेड गोल गर्दै हयाट्रिक गरे भने सत्रको ३०आंै व्यक्तिगत गोल पनि पूरा गरे ।

बार्सिलोना–बेटिस बराबरी
बार्सिलोनाले स्पेनिस लिग फुटबलको अन्तिम खेलमा रियल बेटिससँग २–२ गोलको बराबरी गरेको छ । १० खेलाडीमा सीमित बार्सिलोनाको हार जोगाउने क्रममा सेउडेउ केइटाले इन्जुरीे समयको अन्तिम मिनेटमा बराबरी गोल गरे । सर्जियो बास्क्युटको गोलमा अग्रता लिएको बार्सिलोनाविरुद्ध रुबेन क्यास्ट्रोले दुवै गोल गरे ।  पहिलो हाफमा अग्रता लिनुका बाबजुद दोस्रो हाफको सुरुआतमै डानियल अल्भासले रातो कार्ड पाएपछि बार्सिलोना संकटमा फसेको थियो । त्यसको लगत्तै क्यास्ट्रोले दुवै गोल गरेका थिए । सातांै मिनेटमा लियोनेल मेसीले सानदार मुभ बनाए पनि बेटिसका गोलरक्षक कास्टोले राम्रो बचाउ गरेका थिए । नवांै मिनेटमा जाभीको कर्नरमा बास्क्युटले गरेको हेड टपकर्नरमा पुगेपछि विपक्षी गोलरक्षकले रोक्ने कुनै अवसर नै पाएनन् । त्यसपछि लगातार दबाब बनाए पनि बार्सिलोनाले पहिलो हाफमा थप गोल गर्न सकेन ।
७१औं मिनेटमा रोकी सान्टा क्रुजको पासमा क्यास्ट्रोले पहिलो गोल गरे भने ७५औं मिनेटमा क्यास्ट्रोले अर्को गोल गर्दै सिजनको गोल संख्या १६ पुर्‍याए । ९२औं मिनेटमा मार्टन मन्टोरोको क्रसमा केटाले हेड गोल गरे ।

प्रतिक्रिया