सुदूरपश्चिमका अस्पतालमा औषधी अभाव

कैलाली, ३१ वैशाख । लगातारको बन्दका कारण सुदूरपश्चिमका अस्पतालहरुमा औषधी अभावसंगै बन्द हुने अवस्थामा पुगेका छन् ।
बन्दका कारण औषधी ढुवानी हुन नसकेपछि अस्पतालहरु बन्द हुने अवस्थामा पुगेका हुन् ।
अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक औषधी उपलब्ध नभएपछि चिकित्सकहरु समस्यामा परेका छन् ।
चिकित्सकका अनुसार यस्तै अवस्था रहे अस्पताल बन्द गर्नुको बिकल्प छैन् ।
स्वास्थ्य संस्थामा झाडापखाला, निमोनिया, दमका बिरामीहरु बढी आउने गरेका छन् ।
उपचारका लागि आवश्यक पर्ने स्लाइन पानी, अक्सिजन लगायतका अन्य सामान्य औषधी समेत सकिएकाले उपचारमा समस्या परेको सेती अञ्चल अस्पताल धनगढीले जनाएको छ ।
लगातार १७ दिनको बन्दले बिरामीहरुले औषधीका कारण राम्रोसँग उपचार गर्न पाएका छैनन् ।
पहाडी जिल्लाहरुमा औषधीको अभावस“गै एक्सरेको प्लेटपनि सक्किएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया