बिरोधीलाई सडकबाट हटाउनु पर्छः दाहाल

काठमाडौं, ३१ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकात्मक राज्य निर्माणतिर लाग्ने पुराना केही शासक र तत्वहरु संघीयताको विरोधमा लागेको आरोप लगाएका छन् ।
राजधानीमा आज आदिवासी जनजाति प्रतिनिधिहरुलाई सम्बोधन गर्दै दाहालले भने, ‘संघीयता विरोधीले जातिवादी भनेर हमला सुरु गरेका छन्, संघीयता विरोधीलाई सडकबाट हटाउनु पर्छ ।’
पहिचानका आधारमा संघीयता हुनुपर्ने पक्षमा संघर्ष गरिरहेको भन्दै दाहालले पहिचान भए मात्र उत्पीति समुदायले अधिकार पाउने बताए ।
जातीय संघीयताका लागि शान्तिपूर्ण सडक आन्दोलनमा जान आदिवासी÷जनजाति नेताहरुलाई सुझाव दिएका दाहालले भने, ‘संघीयता विरोधीहरुले सडक कब्जा गर्ने जुन दुस्साहस गरेका छन् त्यसलाई प्रतिवाद गर्नुस ।’
संघीयता हुनु हुँदैन भनेर संघीयता विरोधीहरु छताछुल्ल रुपले अराजक तरिकाले हिडेंको आारेप लगाएका दाहालले सहमतिका लागि हुने वार्तामा पनि यथास्थितिवादीहरुलाई बल पुगेको आरोप लगाए । उनले भने, ‘संघीयता विरोधीको स्वर चर्को भए जस्तो छ ।’
अखण्ड सुदूरपश्चिम आन्दोलनप्रति लक्षितगर्दै दाहालले बार्तामा संघीयताको बिरोध हुने गरेको आरोप लगाए ।
‘बार्तामा संघीयता हुनु हुँदैन भनेर कुरा उठ्ने गरेको छ’, अध्यक्ष दाहालले भने, ‘संघीयता विरोधीहरुको हात माथि पार्न दिन हुँदैन ।’
राज्य पुनर्संरचनाको विषय गम्भीर रहेको भन्दै उनले सिङगै संघीयतालाई खतम गर्ने षड्यन्त्रपनि सुरु भएको आरोप लगाए ।
१० बर्षे जनयुद्ध जातीय पहिचानका लागि भएको भन्दै एमाओवादी अध्यक्ष दाहालले जनआन्दोलनपनि त्यसकै लागि भएको दाबी गरे ।
उनले अहिले विस्तारै जातीय पहिचानसहितको संघीयतालाई जातिवादी सम्प्रादायिक स्वरुप दिने षड्यन्त्र भएको आरोप लगाए । उनले भने, ‘जातीय पहिचानको राज्यका पक्षमा माओवादी छ, ढुक्क हुनुस ।’
‘जहिले पनि दलाल, फटाहा, सामन्तहरुले जातीय मुक्तिको अधिकार, समानताको अधिरकारको लडाईलाई साम्प्रदायिक स्वरुप दिने गर्छन’, अध्यक्ष दाहालले भने, ‘त्यसलाई जातिवादी भनेर होच्याउने जनता जननतामा भिडन्त बनाउने षड्यन्त्र अहिले नेपालमा सुरु भइराखेको छ ।’
दाहालले भने, ‘जानजाति साथीहरुले माओवादीले पहिचानसहितको संघीयता छाडेको भन्ने सुनियो, त्यो गलत हो ।’
क्षेत्रीय रुपमा सुदूरपश्चिम वा कर्णाली जस्ता क्षेत्रहरुमा उत्पीडन रहेको भन्दै उनले जातीय राज्यलाई आत्मनिर्णयको अधिकार दिनुपर्ने बताए ।

प्रतिक्रिया