डा. कुकको सम्झानामा एथलेटिक्स

काठमाडौं : क्षयरोगको किटाणु पत्ता लगाउने चिकित्सक डा. रबर्ट कुकको स्मरणमा एकदिने एथलेटिक्स प्रतियोगिता शनिबार सम्पन्न भयो । नेपाल एथलेटिक्स संघको आयोजनामा सञ्चालित प्रतियोगितामा ३५ विद्यालय र १७ कलेजसहित अन्य मास्टर स्पर्धा पनि समावेश गरिएको थियो । सहभागीमध्ये २७७ विद्यार्थी तथा ३५ मास्टर थिए । प्रतियोगितामा विद्यालयको १०० मिटर दौडको छात्र स्पर्धामा एपिएफ हाइस्कुलका सौगात सुनुवार पहिलो, सेथरिम पब्लिक स्कुलका किरण गहतराज दोस्रो तथा वज्रवाराही स्कुलका सुशान्त श्रेष्ठ तेस्रो भए । छात्रातर्फ बिजेश्वरीकी करुणा थापा पहिलो, न्यु डाइमन्डकी रमिला तण्डुकार दोस्रो तथा बिजेश्वरीकै प्रतिज्ञा भण्डारी तेस्रो भए ।
१५०० मिटर छात्रमा न्यु हिमालयन स्कुलका रामकुमार श्रेष्ठ पहिलो, एपिएफका अच्युतराज गिरी दोस्रो तथा ममता विद्यासदनका शरद शाह तेस्रो भए । छात्रातर्फ बिजेश्वरीकी बिनिका श्रेष्ठ पहिलो, ग्ल्याडस्टोनकी शर्मिला श्रेष्ठ दोस्रो र न्यु डाइमन्डकी सलमना श्रेष्ठ तेस्रो भए । छात्र लङजम्पमा एपिएफका सुवास गुरुङद्वय पहिलो र दोस्रो भए भने आइडियल मोडलका रवि यादव तेस्रो भए । छात्रामा बिजेश्वरीकी प्रतिज्ञा भण्डारी पहिलो तथा न्यु डाइमन्डका मनिषा तामाङ दोस्रो तथा रमिला तण्डुकार तेस्रो भए ।
कलेजतर्फ १०० मिटर छात्रमा कोलम्बसका रोशन पाण्डे पहिलो, ख्व:पका सुदर्शन श्रेष्ठ दोस्रो तथा नीलकण्ठका भोजबहादुर गुरुङ तेस्रो भए । लङजम्पमा पाटनका विजय महर्जन पहिलो, कोलम्बसका रोशन पाण्डे दोस्रो तथा ख्व:पका सन्जिल अवाल तेस्रो भए । १०० मिटर कलेज स्पर्धामा डिएसएमकी दिलमाया कार्की पहिलो, ख्व:पका पूजा थापा दोस्रो तथा अरनिकोकी रुबिना हमाल तेस्रो भए । १५०० मिटरमा युनाइटेडकी संगीता तिवारी पहिलो, केभिसी कलेजकी सन्तोषी श्रेष्ठ दोस्रो र अरनिकोकी जुना तामाङ तेस्रो भए । लङजम्पमा डिएसएमकी दिलमाया कार्की पहिलो, ख्व:पकी सुचा थापा दोस्रो र अरनिकोकी रुबिना हमाल तेस्रो भए । (सौस)

प्रतिक्रिया